Logo

पहिलो चरणको मतदान सुरु


काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत हििलो चरणको मतदान सुरु भएको छ । पहिलो चरणमा हिमाली तथा उच्च पहाडी ३२ जिल्लामा मतदान सुरु भएको हो ।

आइतबार बिहान ७ बजेदेखि मतदान सुरु भएको हो, यो साँझा ५ बजेसम्म जारी रहने छ । प्राय सबै जिल्लामा मतदान केन्द्रमा मतदाताको निकै उत्साहपूर्ण सहभागिता देखिएको छ ।

संविधान जारी भएपछि पहिलोपटक संघीय संरचनाअनुसार प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन हुन लागेको हो ।

पहिलो चरणअन्तर्गत प्रतिनिधिसभातर्फ ३७ र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रमा चुनाव हुँदैछ । पहिलो चरणमा ७०२ उम्मेदवार रहेका छन् । यसका लागि ३१ लाख ९१ हजार ९४५ मतदाताले मतदान गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्