Logo

कुन नेता कहाँबाट गर्दैछन पहिलो चरणमा मतदान ?


काठमाडौं । आइतबारबाट सुरु भएको पहिलो चरणको प्रदेश र प्रतिनिधिसभाको निर्वाचन बिहान सात बजेदेखि ३२ जिल्लामा
उत्साहपूर्वक सुरु भएको छ ।

वर्षौपनि भएको यो निर्वाचनले मतदाता निकै उत्साहीत बनेका छन् । यो निर्वाचनमा विभिन्न राजनीतिक दलका केही नेताहरुले मतदान गर्ने भएका छन् । जसमा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शमशेर राणाले सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका २ को महेन्द्रोदय उमावि केन्द्रमा मतदान गर्नेछन् ।

यस्तै नयाँ शक्ति नेपालका सयोजक एंव पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखाबाट मतदान गर्ने भएका छन् । उनले गोरखा पालुङटार नगरपालिकाको अन्नपूर्ण मावि, खोप्लाङमा मतदान गर्नेछन् । भट्टराई गोरखा–२ को प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् ।

यस्तै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पनि आजै
गोरखाको सिरानचोक गाउँपालिका–८ जौबारी मतदान केन्द्रबाट मतदान गर्दैछन् ।
यस्तै एमाले सचिव योगेश भट्टराईले ताप्लेजुङको मैवाखोला गाउँपालिका–३ नारायणी उमावि केन्द्रमा मतदान गर्दैछन् । भट्टराई ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन् ।

यस्तै विना विभागीय मन्त्री जनार्दन शर्मा रुकुम मुसिकोट नगरपालिका–५ को यमुनानन्दनमूना उमावि मा मतदान गर्नेछन् ।

नेपाली कांग्रेसका चीनकाजी श्रेष्ठले गोरखाको आरुघाट गाउँपालिकाको भीमोदय उमावि मतदान केन्द्रबाट मतदान गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्