Logo

किन दिइयो जमकट्टेललाई छाप लगाएको मतपत्र सार्वजनिक गर्न


काठमाडौँ । आफूले गरेको मतदानको चुनाव चिन्ह सार्वजनिक गर्न नहुने कानुनी व्यवस्था विपरित माओवादीका एक नेताले फोटो नै खिचाएका छन् ।

धादिङस्थित नेकपा माओवादी केन्द्रका नेता शालिकराम जमकट्टेलले गोप्य मतदान नै सार्वजनिक गरेका हुन् । कम्युनिष्ट गठवन्धनबाट धादिङ क्षेत्र नम्बर १ को प्रदेशसभा (ख) का उम्मेदवार जमकट्टेलले गोप्य मतदान नै गरेपछि सार्वजनिक गरेका हुन् ।

कुनै पनि मतदाताले आफूले कुन उम्मेदवार तथा दलको चुनाव चिह्नमा मतदान गरेको भनेर सार्वजनिक गर्न नपाइने कानुनी व्यवस्था छ ।

जमकट्टेलले आफूले गरेको मतदान सञ्चारकर्मी र अन्य उपस्थित मतदातालाई देखाएर समेत खिचाएका छन् ।

प्रतिक्रिया दिनुहोस्