Logo

लोकतन्त्रको रक्षाका लागी शेखरलाई भोट दिनुस: अध्यक्ष थापा


बिराटनगर ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले लोकतन्त्रको संस्थागत विकासका लागी मोरङ क्षेत्र न ६ का काग्रेसका उम्मदेवार डा शेखर कोइरालालाई रुखमा मतदान गर्न आफ्ना कार्यकर्ताहरुलाई सार्वजनिक अपिल गरेका छन । डा शेखरलाई कार्यक्रममा साक्षी राखेर उनले आफ्ना कार्यकर्तासँग डा शेखरको भोट मागे ।

रुखको पक्षमा भोट माग्न म विराटनगर आएको छु थापाले हजारौ सहभागि रहेको एक कार्यक्रममा आइतवार सम्वोधन गर्दै भने , साम्यवादको अभिष्ठ पुरा गर्न नदिन पनि कांग्रेसलाई मतदान गर्नुहोस । कुनै पनि आवरणमा साम्यवाद स्थापित हुन नसक्ने ठोकुवा गर्दै थापाले भने , बामगठबन्धन सत्ता , शक्ती र व्रहमलुट मच्चाउने खेलमा छ । राप्रपाका कार्यकर्ताले आत्मदाहा गरेर भएपनि प्रजातन्त्रको रक्षा गर्ने वेला आएको उनको कथन थियो ।

अध्यक्ष थापाले भने यसका लागी कांग्रेसका डा शेखरलाई मतदान गरि वामगठबन्धको अभिष्ठ पुरा हुन नदिनु होस । ६ निर्वाचन क्षेत्र र १२ प्रेदश सभाको लागी राप्रपाले मोरङमा कांग्रेसलाई समर्थन गरेको अध्यक्ष थापाले खुलासा गर्दै भने, हाम्रो गठबन्धनको मुख्य उद्देश्य प्रजातन्त्रको रक्षा गर्नु र समग्र आर्थिक विकास र मूलुकको समृद्धि हो । यो अभिव्यक्तीले बामगठबन्धलाई मोरङ ६ मा ठूलो धक्का पुगेको छ । राप्रपाको समर्थनसँगै डा शेखर प्रतिस्पर्धी भन्दा निक्कै वलिया बनेका छन । राप्रपाले प्रतिनिधि सभाको लागी १ सय ५७ र प्रदेश सभाको लागी ३ सय १५ स्थानमा कांग्रेसलाई समर्थन गरेको अध्यक्ष थापाले बताए । कार्यक्रममा मोरङ ६ का कांग्रेस उम्मेदवार डा शेखरले राप्रपाको समर्थनले आफ्नो विजय सुनिश्चित भैसकेको बताए । लोकतान्त्रिक गठबन्धन वलियो नभएसम्म मूलुक अधोगतितर्फ जाने उनले टिप्पणी गरे । मोरङ ६ मा बामगठबन्ध भन्दा कांग्रेस वलियो छ । राप्रपाले कांग्रेस उम्मेदवार डा शेखरलाई समर्थन गर्ने सार्वजनिक घोषणा गरेपछि उनी स्पर्धी भन्दा निकै फराकिलो मतले वलियो बनेका छन । स्थानीय निर्वाचनमा बामगठबन्ध भन्दा कांग्रेस १ हजार ७ सय मतले अगाढी देखिएको छ । यस क्षेत्रमा राप्रपाले २ हजार ९ सय मत प्राप्त गरेको थियो । राप्रपाको यो समर्थनले डा कोइराला स्पर्धी एमालेका उम्मदेवार लालवावु पण्डित भन्दा ४ हजार ३ सय मतले अगाढी पुगेका छन ।

प्रतिक्रिया दिनुहोस्