Logo

ओली अधिनायकवादको पूर्वाभ्यासमा


अधिनायकबाद भनेको आफ्नो कुरा नै ठिक ठान्ने र अरुको अस्तित्वलाई पूर्ण रुपमा निषेध गर्ने चरित्र हो ।

 

विकासटाइम्स् टिप्पणी

कम्युनिष्ट गठबन्धनले जितेमा अधिनायकबाद स्थापना हुन्छ कि हुँदैन ? भन्ने बहस यतिबेला चलिरहेको छ । यो बहसमा त्यति धेरै उर्जा खर्चन जरुरी छैन । किनभने अधिनायकबाद भनेको ‘अब हामिले जित्यौ, अधिनायकबादी शैलिमा शासन गर्दछौ’ भनेर विजेताले घोषणा गर्ने कुरा होइन । यो त नेतृत्वको चरित्र र कार्यशैलिले प्रदर्शन गर्ने बिषय हो । त्यसकारण चुनावपछि अधिनायकबाद स्थापित हुन्छ कि हुँदैन भनेर बहस गर्नु भन्दा नेतृत्वको चरित्र र कार्यशैलीको अध्ययन गर्दै जाने हो र जहाँनेर अधिनायकबादी सोंच र चिन्तनले नेतृत्व ग्रस्त देखिन थाल्छ, त्यहीनेर खबरदारी गर्ने हो ।

अधिनायकबाद भनेको आफ्नो कुरा नै ठिक ठान्ने र अरुको अस्तित्वलाई पूर्ण रुपमा निषेध गर्ने चरित्र हो ।

यतिबेला कम्युनिष्ट गठबन्धनले अधिनायकबाद स्थापित गर्ने आरोपको खण्डन गर्न गर्दै छ । तर, त्यसपार्टीका नेताका अभिव्यक्तिको मिहिन ढंगले अध्ययन गर्ने हो भने, यो गठबन्धनले अधिनायकबादको पुर्वाभ्यास थालिसकेको छ ।

यो मुलकमा आदर्शको राजनीतिको पक्षपाती, पदभन्दा जेल र निर्वासन रोज्नेमात्र हैन, ‘देशमा प्रजातन्त्र आयो भने सुकिला मुकिला, चिल्ला गाडिमा चड्नेहरु पार्टीमा हावी हुनेछन्, तिनका बिरुद्ध कार्यकर्ताले फेरि अर्को आन्दोलन गर्नुपर्नेछ’ भन्ने दिक्षा दिने नेता त्यही बिकृत पार्टीमा आउथे भन्नु बिकृत र अधिनायकवादी सोंचको परिणाम बाहेक केही पनि होइन ।

 

केपी ओलीका तिनवटा अभिव्यक्तिलाई यहाँ स्मरण गरौ । पहिलो वीपी कोइरालाका सन्दर्भको अभिव्यक्ति । त्यो अभिव्यक्ति केपी ओलीको मुखबाट सुहाउदैनथ्यो । वीपीप्रतिको यो मुलुकका जनताको सम्मान, बिश्वास, आस्था आफ्नै ढंगको छ । देवताको सूचिमा वीपी कोइरालाको फोटो राख्नेहरु पनि प्रशस्त देखिन्छन् । त्यो नेतालाई केपी ओलीले नचिनेका होलान् त ? जव मान्छेमा अधिनायकबादी सोंच हावी हुन्छ, अरुको अर्थ, अस्तित्व र आस्थामाथी प्रहार गर्दै आफ्नो मात्र कुरा गर्न थाल्छ । एकछिन सोचौ, कुनबेला केपी ओलीले विपीलाई आफ्नो पार्टीमा प्रबेश गराउने कुरा गरे त भन्दाखेरी, जतिबेला उनको पार्टीमा गुण्डा र प्रहरीहरुले टिकट पाए । एमाले आफैले भ्रष्ट र हत्यारा भनेर निर्णय गरेकाहरुले टिकट पाए । यो पृष्ठभूमिमा यो मुलकमा आदर्शको राजनीतिको पक्षपाती, पदभन्दा जेल र निर्वासन रोज्नेमात्र हैन, ‘देशमा प्रजातन्त्र आयो भने सुकिला मुकिला, चिल्ला गाडिमा चड्नेहरु पार्टीमा हावी हुनेछन्, तिनका बिरुद्ध कार्यकर्ताले फेरि अर्को आन्दोलन गर्नुपर्नेछ’ भन्ने दिक्षा दिने नेता त्यही बिकृत पार्टीमा आउथे भन्नु बिकृत र अधिनायकवादी सोंचको परिणाम बाहेक केही पनि होइन ।
अर्को प्रशंगमा उनले कांग्रेसका कार्यकर्तालाई समवेदना दिए । समवेदनाको शाब्दिक अर्थ जेसुकै होस्, तर नेपाली समाजमा समवेदन कस्तो अबस्थामा दिइन्छ ? फेरि सत्तामा नरहदै गर्दा सर्वस्व गुम्छ भन्ने सोंच कांग्रेसले कहिल्यै राखेको पनि देखिदैन । ०६४को निर्वाचन सारेर कांग्रेसले सत्ता लम्बाउन सक्थ्यो, यो निर्वाचन पनि कम्युनिष्ट गठबन्धन बन्नासाथ अलमल बनाउन सक्थ्यो । तर, कांग्रेस त्यतातर्फ गएन । यो मुलुकको अत्यन्त संकट तथा बिशिष्ट घडीमा कांग्रेसले लिने निर्णयहरुले यो पार्टि टिकेको देखिन्छ । आफ्नो संगठन शैलीमा निकै कमजोर छ काग्रेस । त्यो पार्टीका कार्यकर्तालाई समबेदना भन्नुको अर्थ के ? अर्काको संभावना र अस्तित्वलाई अस्वीकार गर्नु नै हो । यही सोंच नै हो अधिनायकबादी चिन्तन ।
केपी ओलीले डा.गोबिन्द केसीको मुद्दा र उनी व्यक्तिप्रति गरेको व्यक्त गरेको अत्यन्तै अनुदार अभिव्यक्ति कोही पनि लोकतान्त्रिक संस्कृतिका भएका नेताबाट आउन सक्दैन । स्वास्थ क्षेत्रलाई माफियाले व्यापारिक क्षेत्र बनाइसकेको तर्फ ध्यान जादैन र माफियाकरणको पक्षमा उनी उभिन्छन् भने, उनको सोंच कुन दिशामा उन्मुख छ ? भन्ने बुझ्न सकिन्छ । पैसाको लागि हरेक मुद्दाहरु बिक्रि गर्न सक्ने दुस्साहस अधिनायकबादीबाट मात्र संभव हुन्छ ।
यी बाहेक धेरै अभिव्यक्तिको अध्यन गर्न सकिन्छ, जस्ले कम्युनिष्ट गठबन्धनलाई अधिनायकबादी अभ्यास तर्फ लैजादैछ । बाह्रखरी अनलाइनमा आएको समाचारको बारेमा उनले जे कुरा बोले त्यसबाट उनी मिडियाको आलोचना गर्ने चरित्रलाई बन्देज लगाउनु पर्छ भन्ने मान्यता राख्छन् भन्न सकिन्छ ।

(यो लिङ्कमा गएर करिव ९ मिनेटपछिबाट बह्रखरी अनलाइनका सन्दर्भमा उनकोे उभिव्यक्ति सुन्न सकिन्छ ।  

पार्टी भित्रका इमान्दार र आदर्शवादी पंक्तिलाई पूर्ण रुपमा चुप राखेर गुण्डा, प्रहरी, हत्यारा, भ्रष्ट, पैसावाललाई उम्मेदवार बनाई तिनको बलमा चुनाव लड्ने सोंच कुन प्रबृत्तिको नेतामा आउछ होला ? सोंचौ ।

प्रतिक्रिया दिनुहोस्