राष्ट्रिय गौरवका योजनामा दुई सिफ्टमा काम गर्न प्रधानमन्त्रीकाे निर्देशन

राष्ट्रिय गौरवका योजनामा दुई सिफ्टमा काम गर्न प्रधानमन्त्रीकाे निर्देशन


काठमाडौं ।

राष्ट्रिय गौरवका योजनामा दुई सिफ्टमा काम गर्न पनि प्रधानमन्त्रीले निर्देशन दिएका छन् ।

‘यो काम गर्ने अन्तिम अवसर हो। सबैले एकपटक अवसर लिऔं। अब पनि सुधार भएन र प्रगति भएन भन्ने छुट छैन। राष्ट्रिय गौरवका योजनामा काम दुई सिफ्टमा गराउनुपर्छ। यसका लागि गम्भीर गृहकार्य गरौं’ उनले भने ।

निरीक्षणका लागि आफू फिल्डमै खटिने भन्दै प्रधानमन्त्रीले विकासका कामलाई बढी समय दिने बताए ।

‘अब परियोजनाको माइलस्टोन सूचकका आधारमा प्रगति हुनुपर्छ। तोकिएको समयमा नै काम सकिनुपर्छ। यी कारणले काम भएन भन्न पाइने छैन’ प्रधानमन्त्रीले भने, ‘यी दुई प्रजेक्ट महत्वपूर्ण छन् । समयमै सकिनुपर्छ। म पनि परियोजना निरीक्षणका लागि फिल्डमै आउँछु, अब धेरै समय विकासका कामलाई दिन्छु।’