वाम गठबन्धनका उम्मेदवारको गाडीमा आगजनी
प्रकाशित मिति : 30 November, 2017
प्रकाशित मिति : 30 November, 2017

कैलाली। कैलाली–२ ‘क’ का प्रदेशसभा सदस्य उम्मेदवार रतन थापा सवार गाडीमा अज्ञात समूहले आगो लगाएको छ ।
वाम गठबन्धनका उम्मेदवार थापाको लम्की चुहा नगरपालिका स्थित घरपछाडि राखिएको बा १६ च ६८९९ नम्बरको जीपमा आगजनी भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार, आगजनीबाट जीपको अगाडिको भाग जलेको छ ।
प्रतिक्रिया दिनुहोस्