Logo

टीकापुरमा सद्भाव कायम राख्न मिडियाको भूमिका सह्रानीय : उपाध्यक्ष पोख्रेल


दुर्गा देवकोटा 

टीकापुर । नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेलले टीकापुरमा सद्भाव कायम राख्न यहांका मिडियाले ठूलो भूमिका निर्वाह गरेको बताउनुभएको छ ।

बिहिबार कैलालीको टीकापुरमा पत्रकारको सुरक्षा अवस्थाबारे भएको छलफल कार्यक्रममा पोख्रेलले टीकापुरका घटना पछि बिग्रिएको सामाजिक एकता कायम गर्न टीकापुरका मिडियाले खेलेको भूमिका सहनीय रहेको बताउनुभयो । महासंघका उपाध्यक्ष पोख्रेलले निर्वाचन नजिकिएकोले निर्वाचनको समयमा समाचार संकलन गर्दा पक्ष र विपक्षमा नलागी राम्रा नराम्रा कुरा जनतामाझ पस्कदा सुरक्षा चुनौति समेत कम हुने बताउनुभयो । उहाँले पत्रकारलाई सबैभन्दा पहिले आफू सुरक्षित रहन आग्रह गर्दै त्यसपछि समाजको सुरक्षाका लागि कलम चलाउन आग्रह गर्नुभयो ।

नेपाल पत्रकार महासंघ कैलालीका उपाध्यक्ष दुर्गा देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै केन्द्रीय उपाध्यक्ष पोख्रेलले लोकतन्त्रलाई जीवन्त राख्न निर्वाचन जरुरी रहेको चर्चा गर्नुभयो । ‘जीवन्त लोकतन्त्रले मात्र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता गर्न सक्छ’ उहाँले भन्नुभयो, ‘त्यसैले स्वस्थ, स्वच्छ र बिश्वसीय रुपमा निर्वाचन सफल बनाउन नेपाली पत्रकारिता क्षेत्र गंभिर छ ।’
नेपाल पत्रकार महासंघको सात वटै प्रदेशमा शुरु भएको मिशन अन्र्तगत पोख्रेल प्रदेश नं. ७ मा आउनुभएको हो । महासंघले पत्रकारको सुरक्षा अवस्था र निर्वाचनमा पत्रकारको सूचनासम्मको पहुंच बृद्धिका लागि मिशन शुरु गरेको हो । महासंघ केन्द्रीय पार्षद् योगेश रावलले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सदस्य छविलाला जैसीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्