Logo

मुलुक पाँच वर्षमा सम्पन्न बनाउने यस्तो छ कांग्रेसको मार्गचित्र


काठमाडौं । नेपाली कांंग्रेसले निर्वाचनपछि मुलुकलाई विकासको बाटामा अगाडि लैजान सामाजिक तथा आर्थिक विकासको मार्गचित्र ल्याएको छ ।

कांग्रेसले पत्रकार सम्मेलन गरेर पाँच वर्षमा मुलुक सम्पन्न पार्न सामाजिक तथा आर्थिक विकासको मार्गचित्र ल्याएको हो ।

कांग्रेसको आर्थिक समृद्धि र विकास समन्वय उपसमितिका संयोजक विनोद चौधरीले २०४८ मा कांग्रेस सरकारले लिएको उदारीकरण र खुला बजार अर्थनीतिका कारण आर्थिक–सामाजिक क्षेत्रमा व्यापक सुधार आएको भन्दै त्यहीअनुसार पार्टीले आगामी पाँच वर्षको आर्थिक विकासको मार्गचित्र प्रस्तुत गरेको जानकारी दिए ।

‘कांग्रेस उदारीकरण, खुला बजार अर्थतन्त्र र विश्वव्यापीकरणको आर्थिक नीतिमा विश्वास गर्ने पार्टी हो’ उनले भने । संयोजक चौधरीले आगामी पाँच वर्षमा दुई अंकले आर्थिक वृद्धिदर हासिल गर्ने, आन्तरिक र बाह्य लगानी आकर्षण गर्ने, विशेष आर्थिक क्षेत्र (सेज) को अवधारणा कार्यान्वयनमा ल्याउने र उद्योग स्थापनाको समयमा लगानीकर्तालाई नगद प्रोत्साहन दिने अवधारणा अगाडि सारेको बताए ।

सम्पदाको संरक्षण, कृषि क्षेत्रलाई प्रतिस्पर्धी बनाइने, दु्रत मार्गको काम चाँडो सम्पन्न गरिने, व्यवस्थित शहरीकरण, राष्ट्रिय गौरवका आयोजनालाई पाँच वर्षभित्र सञ्चालन गर्नेलगायत छन् । मार्गचित्रमा विसं २०४८ देखि हालसम्म शिक्षा, स्वास्थ्य, यातायात, रोजगारी, उद्योगलगायत क्षेत्रमा भएको सुधारलाई समावेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्