Logo

मैले गरेका कामको मूल्यांकन गरेर जनताले विजयी गराउँछन्ः नेता निधि


महेन्द्रनगर । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले मधेसी जनताको राजनीतिक अधिकार र विकासका लागि कांग्रेसको विकल्प नभएको बताए ।

धनुषा क्षेत्र नं ३ बाट प्रतिनिधिसभाका उम्मेदवार निधिले विगतमा आफूले गरेको कामको मूल्यांकन गरेर जनता अत्यधिक मतले विजयी गराउने विश्वास व्यक्त गरे ।

उनले भने,‘जनताले आफूलाई जिताएर पठाउँदा गाउँगाउँ र जनकपुरको गल्लीगल्लीमा सडक बनाएको, राजर्षि जनक विश्वविद्यालय बन्ने वातावरण बनाएको र अहिले जटहीदेखि ढल्केवरसम्मको छ लेन सडक निर्माण जस्ता उल्लेखनीय विकास निर्माणका काम गरेको हुँदा यस क्षेत्रका जनताले भारी मत अन्तरले मलाई विजयी गराउने छन् ।’

प्रतिक्रिया दिनुहोस्