सिमरामा कसले गर्यो दम्पतीको हत्या ?
प्रकाशित मिति : 2 December, 2017
प्रकाशित मिति : 2 December, 2017

बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका–३, बजनीमा दीपक सुवेदी र दीपा सुवेदीको हत्या भएको हो ।
उनीहरुको सुतेकै समयमा मृतावस्थामा हत्या भएको बताइएको छ ।
सुवेदी दम्पतीको टाउकोमा चोट लागेको छ भने बाँसको लठ्ठी र हतौडाको प्रयोग गरी हत्या भएको प्रहरीले जनाएको छ । हत्या कस्ले र किन गर्यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सुवेदी दम्पती व्यवसायिक पशुपालक कृषक हुन् ।
प्रतिक्रिया दिनुहोस्