Logo

अर्थमन्त्री कार्की भन्छन्ः सुनसरी–४ बाट मेरो विजय पक्का


सुनसरी । अर्थमन्त्री तथा सुनसरी क्षेत्र नं ४ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की चुनावी प्रचारको क्रममा भोक्राहा गाउँपालिका पुगेका छन् ।

अन्य क्षेत्रको तुलनामा विकासमा पछाडि परेको यस क्षेत्रमा उनको उपस्थितिले ठूलो आशा जन्माएको छ । आउने बजेटबाटै आफ्ना बस्तीमा विकासका आयोजना आउनेमा धेरै मतदाता र सर्वसाधरण ढुक्क छन् ।

मन्त्री कार्कीले आफू निर्बाचित भए पाँँचबर्ष भित्रमा भोकराहको समग्र मुहार फेर्ने बताए । उनले भने ‘म बिकास गर्न आएको हो यदि गर्न नसके यहाँका जनताको जस्तोसुकै सजाय भोग्न तैयार छु ।’

कोणसभा र मतदाताहरुसंगको प्रत्यक्ष भेटघाटमा उनले सुनसरी खोलामा पक्की बाँध निर्माण गरी सिंचाईको सुविधा उपलब्ध गराउने बचन दिए । अर्थमन्त्रीको चुनावी प्रचारलाई भव्य बनाउन शुक्रबार भोक्राहामा स्थानीयले स्वस्फूर्त रुपमा मोटरसाईकल र्याली निकालेका थिए ।

उराव वस्ती पुगेका अर्थमन्त्री कार्कीले एसएलसी पास गरेका दुई युवतीलाई रोजगारीको प्रबन्ध मिलाईदिएका थिए ।

प्रतिक्रिया दिनुहोस्