समातियो बालाजुमा दश किलो सुन
प्रकाशित मिति : 3 December, 2017
प्रकाशित मिति : 3 December, 2017

काठमाडौं । काठमाडौंको बालाजुबाट शनिबार साँझ १० किलो अवैध सुनसहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
रसुवाको केरुङ नाकाहुँदै भित्रिाइएको १० किलो सुनसहित एक व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलको साइलेन्सरभित्र लुकाएर ल्याउँदै गरेको सुनसहित उनलाई प्रहरीले पक्राउ गरेको हो । गोप्य सूचनाको आधारमा चेक जाँच गर्दा सुनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्