Logo

वाम गठबन्धनलाई भोट हाल्नु देशमा गरिबी निम्त्याउनु हो: डा.आरजु


धनगढी । कांग्रेस नेतृ तथा प्रतिनिधि सभामा कैलाली क्षेत्र नम्बर ५ बाट नेपाली कांग्रेसका उम्मेद्वार डा.आरजु राणा देउवाले मंसिर २१ गतेको निर्वाचनमा निर्भयतापूर्वक नेपाली कांग्रेसको चुनाव चिन्ह रुखमा मतदान गर्न मतदातालाई आग्रह गरे ।

आइतबार धनगढी उपमहानगरपालिकाका दर्जन बढि चुनावी सभामा नेतृ डा. देउवाले निर्भयतापूर्वक नआत्तिइकन कांग्रेसको चुनाव चिन्ह रुखमा मतदान गर्न आग्रह गरे ।

‘बिहान समयमै गएर विवेक प्रयोग गरि मतको सदुपयोग गर्नुहोला’ उनले भनिन्‘ नआत्तिइकन रुखमा मत खसाल्नुहोस् , यस क्षेत्रको विकास हुन्छ, ढुक्क हुनुहोस् ।’

चुनावी सभामा नेतृ देउवाले विकास र समृद्धि कागे्रसले मात्रै गर्ने बताईन् । ‘वाम गठबन्धनलाई भोट हाल्नु भनेको देशमा गरिबी निम्त्याउनु हो, विकास र समृद्धिको लागि नेपाली कांग्रेस नै चाहिन्छ’, नेतृ डा. राणाले भनिन्न् ।

उनले कम्युनिष्टहरुले जनतालाई सुखी र सम्पन्न नबनाउने कुराको उदाहरण प्रस्तुत गर्दै भने,‘कम्युनिष्ट शासन भएको उत्तर कोरिया झन् झन् गरिब हुँदैछ र लोकतान्त्रिक व्यवस्था अंगालेको दक्षिण कोरीयामा तीव्र आर्थिक वृद्धि भइरहेको छ,अब भन्नुस् के रोज्ने ?’

धनगढी उपमहानगरपालिकामा डुबानको समस्या भएको भन्दै उनले नदी कटान रोकथाम र डुवान नियन्त्रणका लागि ठूला आयोजनाहरु सञ्चालन गर्नुपर्ने बताए । ‘डुबान र कटानका लागि जिल्लाका इन्जिनियरसंग कुराकानी भइरहेको छ’उनले भने ‘स्थानिय सरकार, प्रदेश सरकार र राष्ट्रिय सरकारको समन्वयमा यो समस्या समाधान गर्न सकिन्छ ।’

उनले उपमहानगरपालिकामा नेपालीका कांगे्रसका प्रतिनिधि भएकाले पनि प्रदेश र केन्द्रमा पनि कांगे्रसकै प्रतिनिधि भए विकास निमार्णले गति लिने उनको भनाइ थियो । ‘विचार मिल्ने,एउटै उद्देश्य भएको फुटबल टोलीले छिट्टै गोल हान्न सक्छ ’ नेतृ डा. देउवाले भनिन् ‘मेयर र उपमेयर कांग्रेसकै भएकोले आफूले जिते क्षेत्र नम्बर ५ मा सोचे अनुसार विकास गर्न सकिन्छ ।’

पहिलो पटक कैलाली ५ नम्बर निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गरेकी डा. आरजुले भनिन्, ‘मैले चुलोमा खाना बसाएर खाना पाकिसके पछि मात्रै बाहिर निस्कने संस्कार पाएको छु । मैले बोलेका बाचा जसरी पनि पूरा गर्छु, ढुक्क हुनुहोस् ।’

प्रतिक्रिया दिनुहोस्