Logo

विकासको प्रत्याभूति गराउने जिम्मा मेरो हो : प्रधानमन्त्री देउवा


डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुरा लगायत सुदूर पश्चिमवासीलाई विकासको प्रत्याभूति गराउने जिम्मा आफ्नो भएको बताउनु भएको छ ।

प्रधानमन्त्री देउवाले अजयमेरु गाउँपालिकाको ५ र ६ तथा प्रदेश सभा निर्वाचन क्षेत्र (क) अन्तरगतको देवल दिव्यपुर र पर्शुराम नगरपालिकाको लालढुंगा जोगबुढामा पार्टीले आयोजना गरेका आमसभालाई सम्बोधन गर्दै उक्त कुरा बताउनु भएको हो ।

नेपाली कांग्रेसका केन्द्रीय सभापति तथा डडेल्धुराबाट प्रतिनिधि सभाका लागि प्रत्यक्ष तर्फका उम्मेदवार रहेका प्रधानमन्त्री देउवाले नेपाली कांग्रेसको नेतृत्वमा जारी भएको लोकतान्त्रिक संबिधानमा सबै वर्ग क्षेत्रको अधिकार सुरक्षित भईसकेको जिकिर गर्दै डडेल्धुरा लगायत सुदूरपश्चिमबासीलाई विकासको प्रत्याभूति गराउने जिम्मेवारी आफ्नो रहेको बताए ।

प्रधानमन्त्री देउवाले लोकतन्त्रको रक्षाका लागि कांग्रेसको जित आवश्यक रहेको पनि बताए ।

मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनको प्रचार–प्रसारको क्रममा डडेल्धुरा पुगेका देउवाले एमाले माओवादीले वाम गठबन्धनका नाममा एकदलीय सर्बसत्ताबादी शासन गर्न खोजेको आरोप लगाए । उनले वाम गठबन्धनको सरकार भएमा जनताले आबधिक निर्वाचनमा सहभागी हुन समेत नपाउने बताए ।

प्रतिक्रिया दिनुहोस्