लगातार ३ दिन काठमाडौंका यी स्थानमा विद्युत आपूर्ति बन्द हुने

लगातार ३ दिन काठमाडौंका यी स्थानमा विद्युत आपूर्ति बन्द हुने


काठमाडौं ।

काठमाडौंका केही ठाउँमा फरकफरक दिन केही घण्टा विद्युत आपूर्ति बन्द हुने भएको छ ।

महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने काम भइरहेकोले त्यस क्षेत्रमा केही दिन साढ ४ घण्टा विद्युत सेवा बन्द हुने भएको हो ।

नेपाल विद्युत प्राधिकरणका अनुसार आज बुधबार चपली तथा बूढानीलकण्ठ, बिहीबार गोङ्गबु बसपार्क, शुक्रबार चपली तथा हात्तीगौंडा र शनिबार चपली, बूढानीलकण्ठ तथा पासीकोटमा आपूर्ति बन्द हुनेछ ।

मौसम खराब भई काम नहुने अवस्थामा भने विद्युत सेवा अवरुद्ध नहुने प्राधिकरणले जनाएको छ ।