निर्वाचनसंगै लोकतन्त्र साकार हुनेछ : वरिष्ठ नेता पौडेल (भिडियो सहित)
प्रकाशित मिति : 7 December, 2017
प्रकाशित मिति : 7 December, 2017

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ७० वर्ष देखिको नेपाली जनताको लोकतन्त्रलाई संस्थागत गर्ने चाहना पुरा गर्ने बताउनुभएको छ ।
उहाँले व्यास नगरपालिकाको सत्यवती माविको ख मतदान केन्द्रबाट मतदान गरेपछि उहाँले यो निर्वाचनपछि मुलुक समृद्धि र अग्रगतिको बाटोमा जाने बताउनुभयो । उहाँले स्थानीय निर्वाचन स्थानीय सरकारका लागि भएपनि यो निर्वाचनले लोकतन्त्र संस्थागत गर्ने र मुलुकलाई कुन बाटोमा लैजाने भन्ने चुनाव भएको बताउनुभयो ।
लोकतन्त्रका बिरुद्ध, हिंसाका विरुद्धमा नेपाली जनता नभएको उहाँले बताउनुभयो । आम मतदाताले समाज, देश र समाज प्रतिको कतब्र्य पुरा गर्न आम नागरिकलाई उहाँले आह्वान गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्