जुम्लामा तारजालीभित्र मतगणना सुरु
प्रकाशित मिति : 7 December, 2017
प्रकाशित मिति : 7 December, 2017

जुम्ला । साँझ ५ः४० बजेदेखि मतगणना शुरु भएको छ ।
सरकारी वकिल कार्यालयको भवनमा शुरु भएको मतगणनामा तारजालीभित्र सात गणकको टोलीले गणना सुरु गरेको छ । तारजाली बाहिर उम्मेदवार र प्रतिनिधिलाई बसालिएको छ ।
गणना भइरहेका तीनै कोठामा सिसी क्यामराको व्यवस्था गरिएको मुख्य निर्वाचन अधिकृत प्रकाश ढुंगानाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्