कर्मचारीले दिनभर घाम तापे, रित्तै फर्कियो मतपेटिका
प्रकाशित मिति : 8 December, 2017
प्रकाशित मिति : 8 December, 2017

सप्तरी । बिहीबार ४५ जिल्लामा मतदान भइरहँदा सप्तरीको महदेवा मतदानस्थल सुनसान रह्यो ।
‘हामी दिनभर मतदानस्थलमा बास्यौं तर कोही आएनन्,’ मतदान अधिकृत धनेश्वर साहले भने, ‘हामीले बोलाएका राजनीतिक दलका प्रतिनिधिसमेत कोही आएनन् ।’
आठ कर्मचारी, चार प्रहरी र १० म्यादी बिहान ६ बजेदेखि मतदाताको प्रतिक्षामा बसेका थिए ।
अन्ततः निर्वाचनमा खटिएका सुरक्षाकर्मी र कर्मचारी दिनभर घाम तापेर साँझ ५ बजे खालीसम्म पनि कोही नआएपछि रित्तै मतपेटिका लिएर फर्किए । अन्नपूर्ण पोस्टमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्