Logo

भोट हालेनन्, बरु घर–घरमा कालो झण्डा राखेर विरोध गरे


बर्दिबास । बिहीबार गौशाला १० स्थित लक्ष्मीनियाँ मुसहर बस्ती आन्दलित थियो । मुसहर समुदयाका घर–घरमा कालो झन्डा झुन्डिएको थियो ।

पाँचवटा निर्वाचनमा भोट हालेकी ५५ वर्षीया फूलकुमारी मुसहर बिहीबार मतदान केन्द्र गइनन् । फूलकुमारी जस्तै बस्तीका ७५ मतदाताले मतदान गरेनन् ।
वल्लोपल्लो गाउँका मतदाता चुनावी रंगमा रगिंदा मुसहर समुदय भने आक्रोशित थियो ।

उनीहरुले आफ्नो समुदायका व्यक्तिलाई प्रत्यक्षतर्फ टिकट दिनुपर्ने मागसहित दलहरुलाई ज्ञापनपत्र बुझाएका थिए । तर, प्रदेशसभा र प्रतिनिधिसभा दुवैमा प्रत्यक्षतर्फ उम्मेदवार नउठाएको विरोधमा उनीहरुले निर्वाचन बहिष्कार गरेका हुन् । अन्नपूर्ण पोस्ट्मा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्