Logo

कांग्रेसले मनाङबाट एमालेले मुस्ताङबाट र माओवादीले रुकुमबाट खाता खोले


काठमाडौं । नेपाली कांग्रेस मतगणना जारी रहदा आफ्नो जीतको सुरुवात मनाङबाट गरेको छ भने एमालेले मुस्ताङबाट र माओवादीले रुकुमबाट खाता खोलेको छ ।  कांग्रेसका चिन्तबहादुर घलेले मनाङको प्रदेश सभा क बाट जित हात पारेका हुन् । विजयी घलेले जम्मा ९ सय ९८ मत प्राप्त गरे । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका धोर्जे डण्डुल गुरुङलार्इ १०२ मतअन्तरले हराउँदै घले विजयी भएका हुन् ।एमालेका धोर्जे डण्डुल गुरुङले ८ सय ९६ मत पाएका छन् । यस्तै मनाङको प्रदेश सभा खमा भने एमालेका राजीव गुरुङ (दीपक मनाङे) विजयी भएका छन् । यससँगै प्रतिनिधिसभामा एमालेका पाल्देन छोपाङ गुरुङ विजयी भएका छन् ।

हिमालपारिको जिल्ला मुस्ताङमा एक प्रतिनिधीसभा र दुई प्रदेशसभा सदस्य गरी तीनै स्थानमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन्। प्रतिनिधीसभातर्फ वामगठबन्धनबाट प्रेमप्रसाद तुलाचन ३५४४ मत लिएर विजयी भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका रोमी गौचन थकालीले ३१८१ मत ल्याएका थिए। यी दुई उम्मेदवार दोश्रो संविधानसभा निर्वाचनमा पनि भिडेका थिए। त्यसबेला प्रेमप्रसाद स्वतन्त्रबाट प्रत्यासी थिए। उनलाई रोमीले ११ मतले पराजित गरेका थिए। प्रदेशसभा तर्फ निर्वाचन क्षेत्र क तर्फ लोमान्थाङका इन्द्रधारा विष्ट ११६७ मत ल्याएर विजयी भएका छन्।

उनी एमालेबाट उम्मेदवार भएका हुन्। उनका निकटमक प्रतिबद्वन्द्वी कांग्रेसका मिङकर गुरुङले ६५७ ल्याएको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। त्यस्तै, प्रदेशसभा तर्फ निर्वाचन क्षेत्र खमा वाम गठठबन्धनकै महेन्द्रबहादुर थकालीले २४८४ मत ल्याएर विजयी भएका छन्। उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका छिरिङधावा गुरुङले २२५९ मत ल्याएका छन्। ९ हजार ४ सय २७ मतदाता रहेको मुस्ताङमा ४६ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

यस्तै रुकुम पूर्वबाट माओवादी केन्द्रकी कमला रोका विजयी भएकी छिन्।   प्रतिनिधिसभा सदस्यमा एक मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रतिनिधिसभा सदस्यमा विजयी कमला रोकाले कुल १० हजार ४ हजार ३४ मत ल्याएकी छिन् भने उनका प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेदवार हरिशंकर घर्तीले ४ हजार ४ सय ६ मत प्राप्त गरेका छन्।  कुल मतदाता २७ हजार ९ सय २८ रहेको रुकुम पुर्वमा रोकाले ६ हजार २८ मतको फराकिलो अन्तरमा कांग्रेस उम्मेदवारलाई पराजित गरेपछि अहिले सदरमुकाम रुकुमकोटमा वाम गठबन्धनका कार्यकर्ताहरुमा उत्साह छाएको छ।

यस बाहेक प्रदेश सभा सदस्य क र ख मा पनि यतिबेला मतगणना जारी राहेको छ। प्रदेशसभा सदस्यमा पनि दुबै निर्वाचजन क्षेत्रमा वाम गठबन्धनकै उम्मेदवारल अग्रता कायम गरिहेका छन् । छिटो छिटो मतपरिणाम आइरहेको रुकुम पूर्वको अतगणना पनि आजै सम्पन्न हुने सम्भावना देखिएको छ।

प्रतिक्रिया दिनुहोस्