जसले श्रीमतीलाई नै दिएनन् भोट
प्रकाशित मिति : 8 December, 2017
प्रकाशित मिति : 8 December, 2017

प्युठान । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह केही दिनअघि निर्वाचन प्रचार प्रसारका लागि गृह जिल्ला प्युठान पुगे ।
उनका श्रीमती तथा राष्ट्रिय जनमोर्चा (राजमो) उपाध्यक्ष दुर्गा पौडेल प्युठानबाट प्रतिनिधिसभा उम्मेदवार छिन् ।
तर, सिंहले श्रीमती पौडेललाई मतदान भने गरेनन् । सिंह प्रचार सकेर १८ मंसिरमा नै काठमाडौं फर्किए । मतदानका लागि प्युठान गएनन् ।
राजमो नेकपा मसालको खुला मोर्चा हो । ०५१ सालदेखि राजमोले निर्वाचनमा भाग लिन थालेको हो । नयाँ पत्रिकामा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्