काठमाडौंमा सुरु भयो मतगणना (कुन क्षेत्रको कहाँ ) ?
प्रकाशित मिति : 8 December, 2017

काठमाडौं । बिहीबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत काठमाडौँ जिल्लामा मतगणना शुरु भएको छ ।
काठमाडौँ जिल्ला मुख्य निर्वाचन आधिकृत रमेशराज पोख्रेलका अनुसार काठमाडौँ निर्वाचन क्षेत्र १, ४, ५ र ६ मतगणना सुरु भएको छ । बाँकी क्षेत्रको केही समयमा सुरु हुने बताइएको छ ।
काठमाडौँ जिल्लामा १० वटा निर्वाचन क्षेत्र रहेका छन् । ती सबैको निर्वाचन मतगणना एकै ठाउँमा गणना गर्दा ढिलाइ हुने भएकाले राष्ट्रिय सभागृह, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वर, सहकारी विकास विभाग नयाँ बानेश्वर, वन परिसर र जिल्ला समन्वय केन्द्र बबरमहलमा मतगणनाको तयारी भइरहेको छ ।
मुख्य निर्वाचन अधिकृत पोखरेलका अनुसार निर्वाचन क्षेत्र नं १, २, ३ र ४ राष्ट्रिय सभागृहमा मतगणना हुनेछ । निर्वाचन क्षेत्र नं ५ र ७ को सहकारी विकास विभागको तालीम केन्द्र बानेश्वरमा मतगणनाका हुनेछ ।
९ र १० अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बानेश्वरमा मतगणना हुन्छ । निर्वाचन क्षेत्र नं ८ को वन परिसर बबरमहलमा र निर्वाचन क्षेत्र नं ६ जिल्ला समन्वय समिति बबरमहलमा मतगणना हुने तयारी भएको छ ।