Logo

काठमाडौं–१ को मतगणना : अघि लागे प्रकाशमान

वाम गठबन्धनका अनिल तेस्रो


काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ को मतपरिणाम आउन शुरु भएको छ। सुरुवाती मतगणनाअनुसार क्षेत्र नम्बर एकमा नेपाली कांग्रेसका उम्मेद्वार प्रकासमान सिंह अगाडि देखिएका छन्। उनले ९ सय ४० मत प्राप्त गरेका छन्। विवेकशील साझा पार्टीका उम्मेद्वार रवीन्द्र मिश्रले ६ सय ७० मत ल्याएका छन्। वाम गठबन्धनका उम्मेद्वार अनिल शर्माले २ सय ६८ मत प्राप्त गरेका छन्। बिहान साढे १० बजेबाट काठमाडौंको मतगणना गर्न शुरु भएको हो।

प्रतिक्रिया दिनुहोस्