कुमारी बैंकले आइटी कम्पनीलाई बिना धितो एक करोड रुपैयाँसम्म ऋण दिने

कुमारी बैंकले आइटी कम्पनीलाई बिना धितो एक करोड रुपैयाँसम्म ऋण दिने


काठमाडौं ।

कुमारी बैंकले आइटी कम्पनीलाई बिना धितो एक करोड रुपैयाँसम्म ऋण दिने भएको छ ।

बैंकले बिशेष गरि आइटी क्षेत्रका स्टार्ट अप कम्पनीहरुलाई प्रवर्द्धन गर्ने उदेश्यले बिना धितो एक करोड रुपैयाँसम्म चालू पुजि कर्जा दिने भएको हो ।

सो कर्जाको सुरक्षण भने निक्षेप तथा कर्जा सुरक्षण कोषले गर्नेछ ।

कर्जा सुरक्षण सम्बन्धि समझदारी पत्रमा कुमारी बैंकका सिईओ रामचन्द्र खनाल र कोषका सिईओ रमेश घिमिरेले हस्ताक्षर गरेका हुन् ।

बैंकले आधार ब्याजदरमा अधिकतम ३ प्रतिशत प्रीमियममा ऋण दिनेछ ।

‘नेपालमा आइटी क्षेत्रमा निकै ठुलो सम्भावना छ, युवापुस्ताको ठुलो सङ्ख्या यसमा सहभागी छन् ।

उनीहरुलाई प्रोत्साहन गर्न बिनाधितो कर्जा दिने योजना ल्याएका हौ’ बैंकका सिईओ खनालले भने ।