उदयपुर १ मा कांग्रेसका नारायण खड्का विजयी
प्रकाशित मिति : 11 December, 2017
प्रकाशित मिति : 11 December, 2017

काठमाडौं । उदयपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार डा. नारायण खड्का विजयी भएका छन् ।
खड्कालाई निरन्तर पछि पार्दै आएकी नेकपा एकालेकी उम्मेदवार मन्जु चौधरी अन्तिम समयमा पराजित भएकी छन् ।
खड्काले ३३ हजार १ सय ४२ मत प्राप्त गरेका छन् भने चौधरीले ३२ हजार ५ सय ३४ मत प्राप्त गरेकी छन् ।
प्रतिक्रिया दिनुहोस्