संभावना बढयो बिजय गच्छदारले बाजी मार्ने
प्रकाशित मिति : 11 December, 2017
प्रकाशित मिति : 11 December, 2017

सुनसरीका । सुनसरीको क्षेत्र नम्बर–३ मा विजयकुमार गच्छदार र एमालेकी भगवती चौधरीबीच रोचक भीडन्त भइरहेको छ । पछिल्लोपटक सार्वजनिक मत परिणाम अनुसार विजय गच्छदारले र २९ हजार १ सय ७१ मत प्राप्त गरेका छन् भने भगवती चौधरीले २९ हजार ३ सय २६ मत पाएकी छिन् ।
अझै २० हजार ९ सय ६६ मत गन्न बाँकी नै छ । हालसम्म गनिएको क्षेत्रमा वाम गठवन्धन पकड भएको क्षेत्र हो भने मत गन्न बाँकी भएको क्षेत्र गच्छदारको मानिन्छ ।
अब सिमरिया, चन्मुना, सिटाहलगायतका क्षेत्रमा मत गन्न बाँकी छ । यी क्षेत्र नेपाली कांग्रेसको पकड राम्रो मानिएको क्षेत्र हो ।
अहिलेसम्म एमालेकी भगवती चौधरीले अग्रता कायम राखेकी छिन् भने मतान्तर जम्मा १ सय ५५ को मात्रै रहेको छ ।
प्रतिक्रिया दिनुहोस्