गोरखापत्र संस्थानका महाप्रबन्धकमा उपाध्याय
प्रकाशित मिति : 11 December, 2017
प्रकाशित मिति : 11 December, 2017

काठमाडौ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धकमा पत्रकार वसन्तप्रकाश उपाध्यायलाई नियुक्त गरेको छ ।
सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले हाल ‘गोरखापत्र’ दैनिकका कार्यकारी सम्पादक उपाध्यायलाई चार वर्षका लागि नियुक्त गरेको हो । सूचना तथा सञ्चार मन्त्रालयले संस्थान महाप्रबन्धकका लागि गत भदौमा खुला आवेदन मागेकामा नौ जनाको आवेदन परेको थियो ।
विसं २०४८ मा ‘गोरखापत्र’मा उपसम्पादकबाट सेवा प्रवेश गर्नुभएका पत्रकार उपाध्यायले यसअघि संस्थानको सहप्रकाशन ‘अप्सरा’ र ‘मधुपर्क’ पत्रिकामा सम्पादकको जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ । उहाँले ‘राजधानी’, ‘जनमत’लगायत साप्ताहिक पत्रिकामा पनि पत्रकारिता गरिसक्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्