घोराही सिमेन्ट र मुक्तिनाथ विकास बैंककाे बोनस सेयर घोषणा

घोराही सिमेन्ट र मुक्तिनाथ विकास बैंककाे बोनस सेयर घोषणा


काठमाडौं ।

घोराही सिमेन्ट इन्डस्ट्रीले बोनस सेयर दिने भएको छ ।

कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित रकमबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।

बोनस सेयर दिने विषयलाई आगामी साधारणसभामा प्रस्ताव लैजाने तयारी गरिएको छ । २८ पुसका लागि बोलाइएको कम्पनीको साधारणसभामा सेयरधनीलाई बोनस सेयर दिने प्रस्ताव गरिने भएको छ । जसका लागि १६ पुसमा बुक क्लोज हुनेछ ।

१५ पुससम्म कायम सेयरधनीले बोनस सेयर र साधारणसभामा भाग लिन पाउने छन् ।

यता मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्ष २०७९/ ०८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ।

कम्पनीको गत पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले ९‍‍‍‍.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५१३२ प्रतिशत नगद लाभांश समेत गरेर कुल १०.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।

कम्पनीको चुक्तापूँजी ६ अर्ब ४२ करोड ९ लाख रुपैयाँ छ ।

कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा १३.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०।७१ प्रतिशत नगद लाभांश गरी कुल १४.२१ प्रतिशत लाभांश वितरण गरेको थियो ।

सिडिएस एण्ड क्लियरिङ लिमीटेड कम्पनीले आर्थिक वर्ष २०७९/८० को नाफाबाट १०० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अगाडि बढाएको छ ।

सतप्रतिशत लाभांश वितरणको प्रस्ताव पारित लगायतको अजेण्डासहित कम्पनीले आगामी पुस २६ गते आफ्नो १३ औं वार्षिक साधारणसभा आह्वान गरेको छ ।

काठमाण्डौको पुतलीसडकस्थित सेयर मार्केट्स कमर्सियल कम्प्लेक्सको दोश्रो तलामा सभा आह्वान गरिएको छ ।