अब ३५ हजार रुपैयाँमा सोझै चार्टर्ड उडान मार्फत थाइल्यान्डको फुकेट जान सकिने

अब ३५ हजार रुपैयाँमा सोझै चार्टर्ड उडान मार्फत थाइल्यान्डको फुकेट जान सकिने


काठमाडौं ।

द्विदेशीय पर्यटन प्रबद्र्धनमा रुप्से होलिडेज्ले पछिल्ला दिनहरुमा निक्कै आक्रमक रणनीति लिएको छ ।

रुप्से होलिडेज्ले विश्वका विभिन्न पर्यटकिय केन्द्रलाई नेपालसँग सोझो चार्टर्ड उडान मार्फत जोड्ने रणनीति लिएको हो ।

राज्यले पर्यटन देशको अर्थतन्त्रको आधारभूत जग हो भनेर भनिरहँदा ठोस प्रतिफल ननिक्लेर निराश बनेका पर्यटन ब्यावसायीका लागि यो एक बलियो उदाहरण बन्दै गएको हो ।

भियतनाम र काठमाडौं विच सफलता पूर्वक तिन चार्टर्ड उडान गरेको रुप्सेले ति उडान मार्फत भियतनामी पर्यटक नेपाल ल्याउन सफल भएको थियो ।

यहि सफलता बाट हौसिएको रुप्सेले इतिहासमै पहिलो पटक काठमाडौं लाई थाईल्याण्डको पर्यटकिय केन्द्र फुकेट सँग सोझो उडानमा जोड्ने भएको हो ।

रुप्से होलिडेज्का प्रबन्ध निर्देशक रमेस पराजुली भन्छन्, “यो इतिहासमै पहिलो पल्ट भईरहेको छ, हामीले काठमाडौंबाट सोझो ननस्टप उडान भरेर फुकेट अवतरण गर्नेछौं । यहाँबाट नेपाली पर्यटकलाई सोझै फुकेट पुर्याउँछौं अनि फुकेटबाट विभिन्न देशका पर्यटकलाई काठमाडौं ल्याउने छौं । थाईल्याण्डको समून्द्रि तटमा रमाईरहेका पर्यटकलाई सोझै हिमाली देश नेपालमा ल्याईनेछ ।“ उनी थप्छन्, “एशियाको पर्यटकीय केन्द्रको रुपमा रहेको फुकेटकमा बर्सेनी करोडौं पर्यटक आउँछन् जसको एक प्रतिशतभन्दा कम पर्यटकलाई मात्र पनि नेपाल ल्याउन सकियो भने ठूलो उपलब्धि हुने रुप्से होलिडेज्ले यो उडानले पर्यटकलाई सोझो र सुविधाजनक उडानका साथमा सस्तो भाडादर प्रदान गर्नेछ ।

जम्मा ३५ हजार नेपाली रुपैंया एकतर्फी भाडादर तोकेर गरिने यो उडानमा हिमालय एअरलाइन्सको एअरबस ए३२० प्रयोग गरिनेछ । जनवरी २१, २०२४ मा गरिने यो पहिलो उडानबाट काठमाडौंलाई विश्वकै सर्बाधिक रुचाईएको छ । जुन कुरा संभव छ भनेर यो चार्टरर्ड उडानबाट प्रमाणीत गर्नेछौं ।“पर्यटकीय गन्तब्य फुकेटसँग जम्मा ३ घण्टा १० मिनेटको उडानमा जोडिनेछ ।