सुनसरी-३ मा गच्छदार निर्वाचित, भगवती चौधरी ३२१ मतले पराजित
प्रकाशित मिति : 13 December, 2017
प्रकाशित मिति : 13 December, 2017

सुनसरी । सुनसरी क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार विजय गच्छदार विजयी भएका छन् ।भर्खरै सम्पन्न मतगणना अनुसार गच्छदारले चौधरीलाई ३२१ मतले पराजित गर्न सफल भएका हुन् ।
गच्छदारले ३८९७२ मत ल्याउन सफल भए भने चौधरीले ३८६५१ मत ल्याएकी थिइन् । मतगणनाका क्रममा यहाँ पटक पटक विवाद भएको थियो ।
एमालेले यहाँ निर्वाचन अधिकृतले गच्छदारलाई जिताउन गणनाका क्रममा धाँधली गरेको आरोप पनि लगाएको थियो ।
सुरुवाती चरणदेखि अग्रता लिँदै आएको भएपनि मत गणनाको अन्तिमतिर आइपुग्दा चौधरी पछाडि परेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्