पुराना दलका नेताहरूको कारण युवाहरू विदेशिन बाध्य भए : रवि लामिछाने

पुराना दलका नेताहरूको कारण युवाहरू विदेशिन बाध्य भए : रवि लामिछाने


स्याङ्जा।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुराना दलका नेताहरूको कारण युवाहरू विदेशिन बाध्य भएको आरोप लगाएका छन् ।

स्याङ्जाको भीरकोटमा आयोजित पार्टीको सभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।

उनले भने, नेताका छोरा छोरी नातानातिना जो चप्पल पड्काएर आएका थिए, तीनिहरुको पाँच तारे होटेलमा ठुला व्यापारिले झैं विवाह, व्रतबन्ध भोज भतेर गर्न सक्ने भए, जनता आफ्नो उपचार गर्नको लागि घरबार बेचेर छोराछोरी विदेश पठाउने भए यही हो जनता हारेको चुनावको परिणाम। यस्तो हुँदा पनि हाम्रो चेत खुलेको छैन ।

उनले आफ्नो पार्टीमा राम्रो टीम भएकाले काम गर्न सक्ने विश्वास गरे ।

उनले भने, ‘तीनको वषौँदेखि कति तलब थाप्छन् मैले अहिले ८-९ महिनामा थाप्दा थाहा पाइसकेको छु । त्यति तलबले त केही हुँदैन, तीनको महल कसरी ठडियो ? म आश्चर्यचकित परेको छु । मैले तीनिहरूको हिसाब किताब निकाल्ने अठोट गरेर आएको छु ।’