Logo

नीति होइन नेतृत्व परिवर्तन आवश्यक छ : डा महत


काठमाडौं । नेपाली कांग्रेसका नेता डा रामशरण महतले नेपाली कांग्रेसमा अहिले नीति भन्दा पनि नेतृत्व कमजोर भएको बताएका छन् । उनले नेतृत्व कमजोर भएकाले कांग्रेसमा नेतृत्व परिवर्तन आवश्यक रहेको बताए । विकास टाईम्सका सम्पादक शिव लम्सालसंगको कुराकानीमा नेता महतले पार्टी नेतृत्वले आन्तिरिक व्यवस्थापन गर्न नसक्दा पार्टीको पराजय मुख्य कारण भएको बताए ।

उनले अहिले अप्रत्यासित परिणाम आउनुको मुख्य कारण चाँही दुई वटा कम्युनिष्ट पार्टीका नेता मात्र नभएर गाँउ गाँउमा कार्यकर्ताहरुले एकता देखएकाले भएको बताए ।

उनले नेपाली कांग्रेसले आफुले गरेका कामको प्रचार समेत गर्न नसकेको तथा टिकट वितरणको समयमा समेत जित्नेलाई भन्दा पनि आफु निकट मान्छेलाई दिएका कारण समस्या भएको बताए । उनले पार्टी शुद्धिकरणका लागि तत्काल महासमितिको बैठक बोलाएर छलफल थाल्नुपर्ने निर्वाचन समिक्षा महासमितिको बैठकमा हुनुपर्ने समेत बताए ।

प्रतिक्रिया दिनुहोस्