Logo

नेपाली कांग्रेसमा प्रत्यक्ष तर्फ जित्ने पौडेल पक्षका बढि


काठमाडौं । प्रतिनिधिसभामा २३ सिटमा खुम्चिएको नेपाली कांग्रेसमा पौडेल पक्षका बहुमत सांसद भएका छन् । यसपटक देउवा पक्षबाट धेरैले टिकट पाएका थिए । यद्यपि निर्वाचनबाट देउवा आफैंसहित १० जना निर्वाचित भएका छन् । सिटौला पक्षबाट ३ जना निर्वाचित भएका छन भने पौडेल पक्षबाट ११ जना निर्वाचित भएका छन् ।

देउवा पक्षबाट देउवा सहित विजय गच्छदार, ज्ञानेन्द्रबहादुर कार्की, प्रदीप गिरि, मोहन आचार्य, भरतकुमार साह, प्रमोद यादव, देवेन्द्रराज कँडेल र सिताराम मेहत्ता र अमरेशकुमार सिंह देउवा पक्षका हुन् । यी मध्ये देउवा पक्षका भरतकुमार साह र देवेन्द्रराज कँडेल नेता खुमबहादुर खड्का निकट मानिन्छन् ।

पौडेल पक्षबाट महामन्त्री डा शशांक कोइराला, प्रकाशमान सिंह, डा. मीनेन्द्र रिजाल, डा. नारायण खड्का, सञ्जयकुमार गौतम,तेजुलाल चौधरी, देवप्रसाद तिमल्सिना, मोहम्मद अफताव आलम, अभिशेकप्रताप शाह, र राजन केसी हुन् । पौडेल पक्षका नेता प्रकाशमान सिंह निकट प्रकाशमान र राजन केसी हुन् ।

कृष्णप्रसाद सिटौला पक्षबाट गगन थापा, भीमसेनदास प्रधान, उमाकान्त चौधरी निर्वाचित भएका छन् सिटौलाका ३ जना निर्वाचित

प्रतिक्रिया दिनुहोस्