Logo

देउवा र दाहालबीच वान टु वान वार्ता


काठमाडौं । नेपाली कांग्रेसका सभपाति एंव प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका बीचमा भेटवार्ता भएको छ । प्रतिनीधिसभा र प्रदेशसभाको चुनावपछि प्रधानमन्त्री देउवा र दाहालका बीचमा पहिलो भेटवार्ता हो ।

प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटवार्तामा आम चुनावपछि बन्ने नयाँ सरकार तथा राष्ट्रियसभा ऐनका बिषयमा छललफल भएको बताइएको छ ।

राष्ट्रियसभा ऐनलाई राष्ट्रिपति कार्यालयले अल्झाएर राख्दा सरकार बन्न नै समस्या देखिएको छ । अर्को प्रदेशसभा गठनका लागि पनि प्रदेश प्रमुख नियुक्त हुन नसक्दा समस्या पर्ने देखिएको छ । यो विषयमा समेत छलफल भएको छ ।

निर्वाचन सम्पन्न भएसँगै नयाँ सरकार गठनको गृहकार्यमा रहेका माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति देउवाबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्