Logo

काग्रेस प्रति प्रचण्ड नरम तर ओलीले पोखे आक्रोश

धन्यवाद समेत दिएन एमालेले सरकारलाई


काठमाडौं । निर्वाचनमा पहिलो शक्ति बनेको नेकपा एमालेले निर्वाचन सम्पन्न गरेकोमा धन्यवाद समेत दिएन । एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डले सयुक्तरुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओली सरकार र काग्रेस प्रति कडारुपमा प्रस्तुत भए । बामगठबन्धन पछि आफू हार्ने निश्चित हुँदा हुँदै पनि सफलतापूर्वक निर्वाचन सम्पन्न गरेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा र सिंगो नेपाली काँग्रेसलाई राज्यका विभिन्न व्यक्ति तथा संस्थाहरुले धन्यवाद दिईरहेको बेलामा निर्वाचनमा पहिलो शक्ति बनेको नेकपा एमालेले धन्यवादसम्म दिन सकेन ।

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा आफूलाई मतदान गर्ने मतदाताहरुलाई धन्यवाद दिन आयोजित पत्रकार सम्मेलनमा पहिलो सम्बोधन गरेका एमाले अध्यक्ष ओलीले सुरुवातमै प्रधानमन्त्री शेरबहादुर देउवाप्रति आक्रोशित बने भने उनले सरकारले चुनाव गराएको भनेर सरकारलाई जस दिन सकेनन् ।

चुनावी प्रक्रियामा सहभागी भएका सरकारी कर्मचारी, सुरक्षा निकायका प्रमुख लगायतलाई धन्यवाद दिने क्रममा उनले प्रतिस्पर्धी दल जो सरकारको नेतृत्व गरिरहेको छ । उसलाई धन्यवाद दिएर आफ्नो उदारता प्रस्तुत गर्न सकेनन् । उनले यद्यपि मतदाता र अन्य चुनावी प्रक्रियामा सहभागी भएका सबै क्षेत्रका व्यक्ति तथा संस्थालाई धन्यवाद ज्ञापन गरेका छन् ।

उनको पछि पालो आयो माओवादी अध्यक्ष प्रचण्डको । उनले पनि सरकारको आलोचना त गरे । तर, पनि उनले आलोचना भन्दा पहिले सरकारले चुनाव सफल गराएको प्रति धन्यवाद ज्ञापन गर्दै चुनाव सफल गराएको जस नगुमाउन देउवालाई सुझाव दिए । उनले सरकार चुनाव गराएर धन्यवादको पात्र बनेको भन्दै यो जस देउवाले तत्काल सरकार छाडेर आफूमै सुरक्षित राख्नुपर्ने सुझाव दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्