आयल निगममा अब सर्वसाधारणले लगानी गर्न पाउने
६ अर्बको सेयर जारी गरिदै
प्रकाशित मिति : 18 December, 2017
प्रकाशित मिति : 18 December, 2017

काठमाडौं । नेपाल आयल निगमले सर्वसाधारणका लागि ६ अर्ब रुपैयाँ बराबरको सेयर जारी गर्ने भएको छ । चुक्ता पूँजी बृद्धिको क्रममा रहेको निगमले सर्वसाधारणबाट उक्त रकम जुटाउन लागेको हो ।
हाल निगमको चुक्ता पूँजी २९ करोड रुपैयाँ छ । चुक्ता पूँजी वृद्धि गरेर २० अर्ब रुपैयाँ पुर्याइने निगमले जनाएको छ ।
निगमका अनुसार पूँजी वृद्धिका लागि सेयर जारी गर्ने सम्बन्धमा अर्थ मन्त्रालयमा छलफल भइसकेको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्