कुमारी बैंकको सेवा ३ दिन अवरुद्ध

कुमारी बैंकको सेवा ३ दिन अवरुद्ध


काठमाडौं।

कुमारी बैंकको सेवा अवरुद्ध हुने भएको छ ।

बैंकको पुस ९ गते सोमबार बिहान ९ बजेदेखि पुस ११ गते बुधबार बिहान ९ बजेसम्म ब्रान्चलेस बैंकिङ सिस्टम माइग्रेसन कार्य गर्नु पर्ने भएकोले कुमारी बैंकको सेवा अवरुद्ध हुन लागेको हो ।

यसबाट बैंकका शाखारहित बैंकिङ सेवा केन्द्रका सेवाहरु अवरुद्ध हुने बैंकले जानकारी दिएको छ ।