मिलको सापटमा बेरिएर बालिकाको मृत्यु

मिलको सापटमा बेरिएर बालिकाको मृत्यु


बाजुरा ।

बाजुरामा मिलको सापटमा दोपट्टा बेरिएर एक बालिकाको मृत्यु भएको छ ।

जिल्लाको बुढिगंगा नगरपालिका १० मा लोकेन्द्र रावलको ५ बर्सिया छोरी आँचल रावलको आइतबार साँझ मृत्यु भएको हो ।

घर नजिकै मिलको पछाडिको सापटमा बालिकाको दोपट्टा बेरिएर टाउकोमा चोट लाग्दा उनको घटनास्थल मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी प्रहरी निरीक्षक किशोर ऐरले जानकारी दिए ।