देश र दललाई पर्यायवाची ठान्ने मनोविज्ञान लोकतन्त्रका लागि खतरा : निधि
प्रकाशित मिति : 21 December, 2017

जनकपुरधाम । नेपाली काँगे्रसका नेता विमलेन्द्र निधिले प्रजातान्त्रिक योद्धाहरूको संघर्ष र योगदानले नै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक पद्धति स्थापना भएको बताउनुभएको छ । प्रजातान्त्रिक योद्धा रामनारायण मिश्रको ५०औँ स्मृति दिवसका अवसरमा आज आयोजित सभामा उहाँले लोकतान्त्रिक पद्धतिमाथि मडारिरहेको खतराप्रति सबै सजग हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।
उहाँले देश र दललाई पर्यायवाची ठान्ने मनोविज्ञान लोकतन्त्रका लागि खतरा भएको धारणा राख्नुभयो । विगतको नेपालको राजनीतिक प्रयोगशालामा अनेक सिद्धान्त र पद्धति रूपान्तरण भएको चर्चा गर्दै उहाँले लोकतान्त्रिक पद्धति आत्मसात् गरिसकेका कम्युनिस्टहरूमा हाल आएर अधिनायकवादी एकदलीय सिद्धान्ततर्फ उन्मुख हुने संकेत देखा पर्नु दुर्भाग्यपूर्ण हो भन्नुभयो ।
रामनारायण स्मारक समितिका सदस्य किशोरी साहले नेपालको लोकतान्त्रिक आन्दोलनमा मिश्रको योगदान उल्लेखनीय रहेको चर्चा गर्दै मिश्रले निर्माण गराएका विकासका पूर्वाधारको रक्षाको खाँचो औँल्याउनुभयो ।