Logo

प्रधानमन्त्री देउवाद्धारा राष्ट्रिय पार्टीको सर्वदलिय बैठक आह्वान


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय पार्टीहरुको संयुक्त बैठक आह्वान गरेका छन् । राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशलाई लिएर वाम गठबन्धन र नेपाली कांग्रेस विभाजित बनिरहेका बेला प्रधानमन्त्रीले पहिलोपटक राष्ट्रिय दलहरुको संयुक्त बैठक बोलाएका हुन् ।

भर्खरै सम्पन्न निर्वाचनबाट नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम राष्ट्रिय पार्टी बनेका छन् । राष्ट्रिय पार्टी बन्न प्रत्यक्षमा १ सिट र समानुपातिकमा कूल सदर मतको ३ प्रतिशत मत सीमा पार गर्नुपर्ने व्यवस्थाका कारण यसपटक पाँच पार्टीले मात्रै राष्ट्रिय दलको मान्यता पाएका छन् ।

शुक्रबार बोलाइएको बैठकमा यिनै दलका शीर्ष नेता सहभागी हुनेछन् । बालुवाटार स्रोतले राष्ट्रिय दलको संयुक्त बैठक आह्वान गरिएको जानकारी दिँदै राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश, नयाँ सरकार गठनलगायत विषय छलफलको मुख्य एजेण्डा रहेको जनाएको छ । बैठक बिहान ११ बजे बस्दैछ ।

प्रतिक्रिया दिनुहोस्