Logo

सरकारले सिल गर्यो हेटौंडा औद्योगिक क्षेत्र भित्रका तीन उद्योग


हेटौंडा । क्षेत्रीय खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले, हेटौंडा औद्योगिक क्षेत्रका तीनवटा उद्योग अनुगमन गरी कारबाही प्रकृया अघि बढाएको छ ।

खाद्य पदार्थ उत्पादन गर्ने नेपाल पास्ता फुड कम्पनी, अनामिका खाद्य उद्योग, धानेश्वर खाद्य उद्योगलाई कारवाही प्रकृया अघि बढाएको हो । औद्योगिक क्षेत्र भित्र रहेको पास्ता फुड कम्पनीले भेजीटेवल प्राउन कृयाकरलाई फिस क्याक्ररको चित्र राखी उपभोक्तालाई झुक्याउन उत्पादित सामान प्याकीङ गरेको भन्दै सिल गरिएको छ ।

उद्योगमा रहेको सात सय ६० कार्टुन सामान सिल गरिएको छ । यस्तै भटमासको मस्यौरा उत्पादन गर्ने अनामिका खाद्य उद्योगमा फोहोर भएको भन्दै सरसफाई गर्न निर्देशन दिएको छ । धानेश्वर खाद्य उद्योगले मैदा, आँटा र सुजीको पिठोको गोदाममा उत्पादन मिती नै नभएका सामाग्री राखीएको भन्दै सो सामान बिक्री गर्न नदिन सिल गरेको हो ।

उद्योगपतिलाई आवश्यक कार्वाहीका लागि जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिईएको क्षेत्रीय खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालयका प्रमुख राजकुमार रिजालले बताए ।

अनुगमनमा घरेलु तथा साना उद्योग कार्यालयका निमित्त प्रमुख, चन्दन अमात्य, जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा सहदेब आचार्य, उपभोक्ता हित संरक्षण मचका केद्रीय सहसचिब अजय अधिकारी, जिल्ला अध्यक्ष बासु खतिवडा लगायत सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्