Logo

रेशम चौधरी सांसद बन्ने बाटो सर्वोच्चले रोक्यो, सफाई नपाएसम्म कुनै सुविधा नदिन आदेश


काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभामा कैलालीवाट निर्वाचित सांसद रेशम चौधरीलाई सांसद पदको सपथ खानका लागि बाटो बन्द गरिदिएको छ । सर्वोच्चले चौधरीलाई फरार अभियुक्त ठहर गरेको गर्दै सफाइ नपाएसम्म राज्यबाट पाउने कुनै सुविधा नदिन सरकारका नाममा आदेश जारी गरेको छ । फरार रहेकै अवस्थामा चुनाव जितेका राजपाबाट उम्मेदवार बनेका थिए । आफू प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र वारेसमार्फत पाउनु पर्ने माग गर्दै चौधरी सर्वोच्च गएका थिए ।

आदेशमा टीकापुर घटनाका मुख्य अभियुक्त चौधरीले अदालतबाट जारी भएको वारेन्ट तथा म्यादी पूर्जी अवज्ञा गरेको देखिएको फैसलामा उल्लेख छ । सर्वोच्चले भनेको छ, ‘अदालती प्रक्रियालाई छलेर कसैले पनि संविधान एवं प्रचलित कानुनले प्रदान गरेको सुविधा उपभोग गर्न पाउनुपर्छ भन्नु कदाचित मिल्दैन ।’

फैसलामा अगाडि भनिएको छ–‘अभियोग लागेका व्यक्तिले कानुन बमोजिम सफाइ लिनुपर्ने हुन्छ । जसका लागि अदालत प्रक्रिया अपनाउनु पर्ने हुन्छ, जुन निवेदकले गरेको पाइएन ।’ अभियोग लागेका व्यक्तिले जानीजानी अदालती प्रक्रियालाई अवज्ञान गरी राज्यद्धारा प्रदान गरिने सुुविधा वा हक उपभोग गर्न गैर बाटोको प्रयोग गर्ने हो भने देशमा दण्डहिताको स्थिति सृजना हुनसक्ने सर्वोच्चले बताएको छ । वारेस नामा मार्फत प्रमाणपत्र पाउनु पर्ने माग सहित परेको सिटमा सुनुवाइ गर्दै न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजासलले रेशमलाई पक्रन निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्