Logo

गाउँपालिका वडाध्यक्षका भारतमा ४ वटा कोठी 


काठमाडौं । महिला बेचबिखनको आरोमा प्रहरी हिरासतमा रहेका नुवाकोट दुप्चेश्वर गाउँपालिका १ का वडाध्यक्ष सुनबहादुर तामाङले भारतका विभिन्न ४ स्थानमा कोठी खोलेको तथ्य खुलेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले तामाङलाई बुधबार घ्याङफेदीस्थित वडाध्यक्षकै कार्यालयबाट पक्राउ गरेको थियो ।

प्रहरीले पक्राउ गरेलगत्तै नुवाकोट दुप्चेश्वर गाउँपालिका १ का तीन जना पीडित महिलाले उनीविरुद्ध सिआईबीमा जोहरी दिएका छन् । सिआईबीका प्रमुख डिआईजी पुस्कर कार्कीले सुनबहादुर मानव बेचबिखनको मुद्दामा पक्राउ परेको बताए । नयाँ पत्रिकामा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्