नारायणगढ–बुटवल सडक खण्ड, ६५ किमी मध्ये १८.५ किमी मात्रै कालोपत्रे

नारायणगढ–बुटवल सडक खण्ड, ६५ किमी मध्ये १८.५ किमी मात्रै कालोपत्रे


नवलपरासी ।

राष्ट्रिय गौरवको आयोजना अन्तर्गत नारायणगढ-बुटवल सडक खण्ड विस्तारको काममा तीव्रता आएको छ ।

यस सडक खण्डको पूर्वी भागमा पर्ने ६५ किलोमिटरमध्ये १८.५ किलोमिटरमा कालोपत्रे गरिसकिएको छ।

चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनका अनुसार अबको दुई महिनाभित्र थप ४२ किलोमिटर सडक कालोपत्रे हुनेछ ।

सडक विस्तारसँगै कल्भर्ट निर्माण, पर्खाल निर्माण लगायतका काम पनि भइरहेका छन् ।

अहिलेसम्म पूर्वी खण्डको काम ४४ प्रतिशत सम्पन्न भएको र आगामी असारसम्म ७० प्रतिशत काम सक्ने लक्ष्य राखिएको जनाइएको छ ।

चैत २०८१ सम्म यो खण्डको ९० प्रतिशत काम सक्ने गरी काम भइरहेको ठेक्का व्यवस्थापकले बताए ।