कांग्रेस संसदीय बोर्डको बैठक यसैसाता
केन्द्रीय समिति बैठक भने अनिश्चित
प्रकाशित मिति : 25 December, 2017

काठमाडौं । निर्वाचन आयोगमा प्रदेशसभा तर्फका सामानुपातिक सांसदहरुको नामावली शुक्रवार सम्म बुझाउनुपर्ने भएकाले संसदीय बोर्डको बैठक यसैसाता बस्ने भएको छ । निर्वाचनमा पराजय भोगेको नेपाली कांग्रेसभित्र तत्काल केन्द्रीय समितिको बैठक बोलाउन सशक्त दबाब अभियान जारी रहेको बेलोमा केन्द्रीय समितिको बैठक बोलाउने तयारी भएको छैन् ।
पार्टी सभापति शेरबहादुर देउवा समानुपातिक तर्फका सांसदहरुको नामावली निर्वाचन आयोगमा बुझाएपछि मात्र केन्द्रीय समितिको बैठक बोलाउने सोचमा छन् । कांग्रेस नेताहरुका अनुसार प्रदेशसभाबाट समानुपातिक उम्मेदवारहरुको सूची निर्वाचन आयोगलाई शुक्रबार बुझाउनुपर्ने भएकाले संसदीय बोर्डको बैठक ढिलोमा बिहीबार बस्नुपर्ने छ र त्यसका लागि तयारी भइरहेको छ ।
नेता शेखर कोइरालाले पराजयको जिम्मेवारीबारे निश्चितगर्ने लगायतका विषयमा गहन बहस गर्न केन्द्रीय समितिको बैठकका लागि हस्ताक्षर अभियान सुरु गर्ने बताएका छन्।