माेटरसाइकलकाे ठक्करबाट १ जनाकाे मृत्यु

माेटरसाइकलकाे ठक्करबाट १ जनाकाे मृत्यु


चितवन ।

चितवनमा मोटरसाइकलको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ ।

बिहीबार बिहान भरतपुर महानगरपालिका–२९, भतेरी जंगलमा मोटरसाइकलले ठक्कर दिँदा नवलपरासीको सुनवल नगरपालिका–८ जयगुडीका ६२ वर्षीय श्रीमान गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका उनलाई उपचारका लागि भरतपुरस्थित एलाइभ अस्पतालमा पठाइएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।