Logo

वार्षिक बजेट चार महिनामै समाप्त : यस्तो छ मन्त्रीले गरेको खर्च


काठमाडौं । वर्तमान मन्त्रिपरिषद्का सदस्यहरू राष्ट्रिय ढुकुटीको संरक्षण गर्ने विषयमा गैरजिम्मेवार देखिएका छन् । आफ्नो चुनावी प्रचार अभियानका लागि निर्वाचन क्षेत्रमा जाँदा भएको खर्चसमेत उनीहरूले अनुगमन खर्चका नाममा असुल गर्न खोजेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दिएको विवरणअनुसार यसरी चुनाव प्रचारमा भएको खर्चसमेत प्रधानमन्त्री कार्यालयबाट दाबी गर्नेमा प्रधानमन्त्रीको निजी सचिवालयसमेत मुछिएको छ । अधिकांश मन्त्री तथा राज्यमन्त्रीले अनुगमन भ्रमणमा भएको भन्दै भुक्तानी दिन मन्त्रिपरिषद् कार्यालयमा बिल पेस गरेका छन् । केही मन्त्रीको बिल पेस भए पनि प्रक्रिया नपुगेका कारण रोकिएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

एक वर्षको बजेट चार महिनामै सकियो
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रीहरूको जिल्ला अनुगमन भ्रमणका लागि छुट्याएको बजेट पहिलो चौमासिकमै सकिएको जनाएको छ । एक वर्षका लागि अनुगमन भ्रमण शीर्षकमा छुट्याएको बजेट चार महिनामै सकिएपछि अर्थ मन्त्रालयसँग थप एक करोड २० लाख रुपैयाँ माग गरेको छ ।

कुन मन्त्रीले कति खर्च गरे ?
प्रधानमन्त्री, उनका सुरक्षाकर्मी र सचिवालयसहित जम्मा ः ६२ लाख ३९ हजार ८६४ रुपैयाँ
विजयकुमार गच्छदार (स्थानीय विकास) ः ४,८९,०३०
गोपालमान श्रेष्ठ (शिक्षा) ः ६१,८५०
गिरिराजमणि पोखरेल (स्वास्थ्य–विनाविभागीय) ः ३,५०,४३०
ज्ञानेन्द्रबहादुर कार्की (अर्थ) – २,४७,७००
फरमुल्लाह मन्सुर (श्रम) – १,५५,५३८
प्रभु शाह (सहरी विकास– विनाविभागीय) ः ८७,८२०
सुनीलबहादुर थापा (उद्योग) ः २,१४,५००
दिलनाथ गिरी (सहरी विकास ) ः २,४४,५७५
जितेन्द्र देव (पर्यटन तथा नागरिक उड्डयन) ः ३,६३,१००
गोपाल दहित (भूमिसुधार तथा व्यवस्था) ः ३,२१,५७०
मोहनबहादुर बस्नेत (सञ्चार) ः १३०५५०
रामकृष्ण यादव (कृषि विकास) ः १०६२००
महेन्द्र यादव (खानेपानी तथा सरसफाइ) ः ६१४०००
अम्बिका बस्नेत (सहकारी तथा गरिवी निवारण) ः १०२५०
वीरबहादुर बलायर (भौतिक पूर्वाधार तथा यातायात ) ः १७४३५०
मीनबहादुर विश्वकर्मा (वाणिज्य) ः १८४४००
यज्ञबहादुर थापा (कानुन) ः १०२४००
भीमसेनदास प्रधान (रक्षा) ः ९२५०
सञ्जयकुमार गौतम (सिँचाइ) – २४३०५०
राजेन्द्रकुमार केसी (युवा तथा खेलकुद) ः १६३२५०
टेकबहादुर बस्नेत (सामान्य प्रशासन – विनाविभागिय ) – १५०७५०
शिवकुमार मण्डल (आपूर्ति–विनाविभागीय) ः २८४६००
महेन्द्रबहादुर शाही (ऊर्जा–विनाविभागीय) ९००००
आशा कोइराला (महिला बालबालिका तथा समाजकल्याण– विनाविभागीय) ः १५७९००
सन्तकुमार थारु (पशुपंक्षी– विनाविभागीय) ः ३४८०००
मिथिला चौधरी (जनसंख्या तथा वातावरण) ः २०४७६०
जयन्त चन्द (आपूर्ति) ः – २२४९५०

राज्यमन्त्रीहरू
कुन्ती शाही (सहरी विकास) ः २१८५५०
मोहम्मद जाकिर हुसैन (महिला बालबालिका–विनाविभागीय) ः २७५६५०
रामसिंह यादव (स्वास्थ्य–विनाविभागीय) ः २४३००
श्यामकुमार श्रेष्ठ (गृह–विनाविभागीय ) ः १५८४५०
शम्भुलाल श्रेष्ठ (पशुपंक्षी) ः ६५७००
कर्णबहादुर विक (आपूर्ति–विनाविभागीय) ः ५३८५५०
छमबहादुर गुरुङ (सहरी विकास–विनाविभागीय) ः१०३६५०
गोमा कुँवर (पशुपंक्षी–विनाविभागीय) ः ३१७०००
ओङ्दी शेर्पा (सामान्य प्रशासन–विनाविभागीय) ः ७४१००
सीता गुरुङ (भौतिक पूर्वाधार तथा यातायात) ः १८८४५०
सरिता प्रसाई (कृषि विकास) ः १२६१००
शेषनाथ अधिकारी (शिक्षा) ः ५७०००
नरबहादुर चन्द (वाणिज्य) ः ३०३८५०
अब्दुल रज्जक गद्दी (खानेपानी तथा सरसफाइ) ः १६९३००
तप्तबहादुर विष्ट (सञ्चार) ः २७२८५०
कमलादेवी शर्मा (वन तथा भूसंरक्षण) ः १२४१८०
मरसिंह पुन (सिंचाइ ः ५३७१५०
दिलमान पाख्रिन (कानुन) ः ७२१७५
उदयशमशेर राणा (अर्थ) ः २४०५०
डिल्लीबहादुर चौधरी (श्रम तथा रोजगार) ः १४९५००
चम्पादेवी खड्का ( सहकारी तथा गरिवी निवारण) ः १५०८५०
जनकराज चौधरी (स्थानीय विकास) ः ११४४००
सुमित्रा थारु (पर्यटन तथा नागरिक उड्डयन) ः २५९३००
यशोदाकुमारी लामा (भूमिसुधार तथा व्यवस्था) ः ७८९५०
रेशमबहादुर लामा (उद्योग) ः १२९६७०
कान्ता भटराई (महिला बालबालिका तथा समाजकल्याण) ः १५२४००। नयाँ पत्रिकामा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्