Logo

एकता संयोजन समितिको बैठक बोलाउने ओली दाहाल सहमति


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ता सकिएको छ । ओली निवास बालकोटमा झण्डै पौने घण्टा भएको भेटले पार्टी एकतालाई निरन्तरता दिने गरी भोली पार्टी एकता संयोजन समितिको बैठक बोलाउने निर्णय गरेको प्रचण्डका स्वकिय सचिव जोखबहादुर महराले जानकारी दिए ।

संयोजन समितिको बैठक कतिबेला कहाँ बस्ने भन्ने कुरा भने अपासी छलफलका आधारमा तय गरिनेछ । भेटमा पार्टी एकता, सरकार गठन र राष्ट्रियसभा गठनसम्बन्धि अध्यादेशका बारेमा छलफल भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

दुई नेताको छलफलमा एमाले अध्यक्ष ओलीले सरकारले राष्ट्रिपति समक्ष पेश गरेको अध्यादेश फिर्ता लिनु पर्ने अडान लिएका छन् । अध्यादेशमा उल्लेख गरिएको एकल संक्रमणीय मत प्रणालीबारे माओवादी सकारात्मक देखिएपनि एमाले भने अझै पनि बहुमतीय प्रणालीबाट राष्ट्रिय सभा गठन गर्नुपर्ने अडानमा छ ।

प्रतिक्रिया दिनुहोस्