Logo

‘कुकुर छाडा नछाड्नू’ भन्दा कुकुरधनीले एक युवकको ज्यानै लिए


काठमाडौं । गत बिहिवार अर्थात साउन १ गते रसुवा जिल्ला आमाछेदुङ–३ का छिरिङ तामाङ उनका साथी पेम्बा मिलेर खोलेको मोटरसाईकल वर्कशपको उद्घाटन भयो । काठमाडौको तारकेश्वर नगरपालिका गोलढुंगास्थित मुड्खुमा छिरिङ र पेम्बाले वर्कशप खोलेका थिए । साउने संक्रान्ति पर्वको दिन पारेर उनीहरुले वर्कशप सञ्चालनमा ल्याउने योजना अनुसार उदघाटन गरियो ।
वर्कशप सञ्चालनमा ल्याएपछि छिरिङसहित पेम्बा र दोर्जे तामाङ्खलगायतका उनका साथीहरु त्यही खाजा खाए ।

वर्कशप सञ्चालन भएको खुसी एकातिर अर्को तिर संक्रान्ति पर्व, छिरिङ अन्य दिन भन्दा बढी खुसी देखिन्थे । उनले अति मिल्ने साथी तथा आफ्नै गाउँले दोर्जे तामाङलाई बियर खाने प्रस्ताव राखे , उनीहरु दुवैले मुड्खु नजिकै दुई बोतल बियर पनि खाए । बेलुका अवेर भैसकेको थियो तर छिरिङले कपुरधारास्थित आफन्ै कोठामा जाने बताए । साथी दोर्जेले आफ्नै कोठामा बस्न गरेको आग्रह छिरिङले मानेनन् , अरुको कोठामा सकभर नजाने छिरिङको बानी थाहा पाएका दोर्जेले उनलाई एक्लै छाड्न सकेनन् । दुवै संगै छिरिङको कोठा तर्फ लागे ।
राति अबेर भैसकेकाले उनीहरुलाई बाटो भरी नै कुकुरहरुले भुक्दै थिए । उनीहरुले कुकुर भुकेपनि वास्ता नगरी अघि बढि रहेका थिए । छिरिङ र दोर्जेले कतै कतै कुकुरलाई नभुक भन्दै हप्काए पनि । त्यसै क्रम्मा उनीहरु गोलढुँगा पुगे । गोलढुँगामा पुग्दा नपुग्दै एउटा कुकुर भुक्यो । दोर्जे र छिरिङले त्यो कुकुरलाई हप्काए ।

कुकुरलाई हप्काएपछि घर भित्र बाट एउटा व्यक्तिको आवाज आयो । तर उनीहरुले त्यो व्यक्तिलाई देखेका थिएनन् । आफ्नो कुकुरलाई हप्काइ दिएकोमा त्यो व्यक्ति भित्रै बाट कराउँदै थियो । बाहिरबाट छिरिङले कुकुर बाध्नु पर्छ नि , कसैलाई टोक्यो भने के गर्ने ? भन्दै उसलाई सम्झाउन खोजे । तर त्यो व्यक्ति ढोका खोलेर बाहिर निस्क्यिो । बाहिर निस्कने व्यक्ति थिए कुकुरका घरधनी कृष्ण श्रेष्ठ । छिरिङ र दोर्जेले श्रेष्ठलाई सम्झाउने प्रयास गरे । तर श्रेष्ठ झगडा गरिरहे । श्रेष्ठलाई घर भित्रबाट तीन महिला आएर सम्झाइ बुझाइ गरेर भित्र लगे । छिरिङ र दोर्जेलाई नि आफ्नो बाटो लाग्न भने । छिरिङ र दोर्जे आफ्नो बाटो लाग्दै थिए । कोठा पुग्न अझै केही समय हिड्नु पर्ने थियो । तर उनीहरु श्रेष्ठको घरबाट करिब एक डेढ सय मिटर अघि नबढ्दै पछाडि बाट दुई व्यक्ति आए । पछाडिबाट केही आवाज आए जस्तो सुने पछि छिरिङ र दोर्जे पछाडि फर्किए । पछि फर्किएर हेर्दा कृष्ण श्रेष्ठ र अर्का एक व्यक्तिको हातमा पाइम, फलामको डण्डी थियो ।

उनीहरुले एक्कासी छिरिङ र दोर्जेमाथि आक्रमण सुरु गरे । दोर्जे र छिरिङले उनीहरुको आक्रमण छल्ने प्रयास गर्दै थिए । त्यसै क्रम्मा कृष्ण श्रेष्ठले अन्य छिमेकीलाई नि बोलाए । उनले नेवारी भाषामा आफ्ना छिमेकीलाई बोलाएका थिए । नेवारी भाषा नबुझ्ने भएकाले छिरिङ र दोर्जेले बुझेनन् । केही बेरमै २५ – ३० जना व्यक्ति जम्मा भएर उनीहरुलाई घेरा हाले । कसैले फलामको रड, पाइपले आक्रमण गरे भने कसैले हात, खुट्टाले आक्रमण गरे । एकै पटक सबैले आक्रमण गरेपछि दोर्जे र छिरिङको केही सीप लागेन् । उनीहरु भुईमै ढले । भुईमा ढलेपछि पनि उनीहरुले आक्रमण गरिरहेका थिए । त्यतिकैमा दुवैले होश गुमाए । केही बेर पछि दोर्जेको होश खुल्यो । होश खुल्दा छिरिङको मुखबाट रगत बगिरहेको थियो ।

 

 

 

 

 

 

 

 

 

 

साथीको मुखबाट रगत बगेको देखेपछि दोर्जेले आक्रमण गर्नेहरुलाई नै ट्याक्सी वा मोटरसाईकल बोलाइदिन आग्रह गरे । तर उनीहरुले दोर्जेको आग्रह सुनेनन् । उनीहरुले सहयोग नगरेपछि दोर्जेले आफ्नै खल्तीबाट मोवाईल निकालेर प्रहरीलाई फोन गर्न लागे । तर उनीहरुले फोन गर्न पनि दिएनन्, उल्टै मोवाईल खोसिदिए । मोवाईल खोसेपछि पनि उनीहरुले दोर्जेको हात पछाडि लगेर बाँधिदिए र फेरी कुटपिट गर्न थाले ।उनीहरु दोर्जे र छिरिङ मरिसकेको ठानेर हिडे । घटना भएको करिब एक डेढ घण्टामा प्रहरी आएपछि उनीहरुको उद्धार गर्यो ।छिरिङ र दोर्जे दुवैलाई अस्पताल लगियो । त्यन्जिेल छिरिङको ज्यान गइसकेको थियो । आफ्नो मिल्ने साथी गुमाएका दार्जे अहिले नयां बजार स्थित पिपुल्स अस्पतालमा उपचाररत छन् । उनको गर्धन, मुख, आँखा लगायतका स्थानमा गंभीर चोट लागेको छ ।

 

 

 

 

 

 

 

 

यसरी कृष्ण श्रेष्ठको दादागिरीले गर्दा एउटा निर्दोष युवाले ज्यान गुमाएको भन्दै उनका परिवार र गाउँलेहरुले घटनामा संलग्नमाथि हदै सम्मको कारबाही गर्न माग गरेका छन् । प्रहरीले श्रेष्ठ सहित ८ जनालाई पक्राउ गरी अनुसन्धानको दायरमा ल्याएको छ । तर परिवारले भने घटनामा संलग्न सबैलाई नै कारबाहीको दायरमा ल्याउनु पर्ने माग गरेका छन् ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

केही दिन अघि मात्रै छिरिङले रुसुवाकै नौकुण्ड गाउँपालिका ५ बसन्त स्याङ्तानलाई बोलाएर जिल्ला विकासका लागि समेत नेतृत्व गर्न आग्रह गरेका थिए । त्यसका लागि रसुवा जिल्लाबाट काठमाडौंमा आएर विभिन्न पेशा र व्यवसायमा संलग्न व्यक्तिहरुका बीचमा छलफल भएको बसन्त स्याङ्तानले जानकारी दिए । तर छिरिङको हत्याले उनको जिल्लाको विकास र समाजसेवा गर्ने सपना समेत अधुरै भएको बसन्तले विकास टाईम्स संग बताए ।

प्रतिक्रिया दिनुहोस्